३ चैत्र २०८२, मंगलबार | March 18, 2026

गौहत्याको दोषीलाई कारबाही गर्न राप्रपाको माग



काठमाडौं। राप्रपाले बाँकेको खजुरामा भएको गौहत्याको दोषीलाई कारबाही गर्न माग गरेको छ । बुधबार पुनः खजुराअन्तर्गत रनियापुरमा ठूलो संख्यामा गाईको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न राप्रपाले माग गरेको हो ।

हिन्दुहरुको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको ठूलो संख्यामा हत्या भएकाले उक्त घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उक्त घटनाप्रति आपत्ति जनाउँदै राप्रपाले दुःख व्यक्त गरेको छ ।

‘बाँकेको खजुराअन्तर्गत रनियापुरमा हिन्दुहरुको आस्थाको रुपमा रहेको राष्ट्रिय जनावर गाईको आज फेरि ठूलो संख्यामा हत्या भएको घटना दुःखद, निन्दनीय र आपत्तिजनक छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘घटनाको सत्यतथ्य छानबिन गर्न, दोषी पत्ता लगाउन र दोषीलाई कडा कारबाही गर्नसरकारसँग राप्रपा जोडदार माग गर्दर्छौं ।’

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : ५९ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड