८ बैशाख २०८१, शनिबार | April 20, 2024

पाकरी बृक्ष मुनी पर्यटन प्रवर्द्धन अन्तरसम्बाद, पर्यटकीय क्षेत्रहरुको संरक्षणमा ध्यान दिन आग्रह



बुटवल । रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ का अवसरमा आज शुक्रवार रुपन्देही देवदह नगरपालिकामा रहेको पार्करी बृक्ष स्थलमा ‘पर्यटन प्रवद्र्धनमा औद्योगिक प्रदर्शनीको भूमिका’ विषयक अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पर्यटन उपसमितिको पहलमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् लुम्बिनीको सहकार्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पर्यटन क्षेत्रका रुपमा परिचित स्थलहरुको उचित संरक्षण र प्रचारमा ध्यान कम दिएका कारण ओझेलमा पर्ने गरेको बताएका थिए । उनीहरुले रुपन्देहीको देवदह नगरपालिका स्थित ऐतिहासिक पाकरी बृक्षको उचित संरक्षण र प्रवर्द्धनमा स्थानयी सरकार तथा पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरुले ध्यान दिन नसकेको गुनासो गरे ।

देवदह नगरपालिका वडा नं ८ मा रहेको यो बृक्ष एसियाकै सबैभन्दा ठूलो र पुरानो रुखमध्ये एक भएपनि सरकारले उचित व्यस्थापनमा ध्यान नदिएको गुनासो स्थानियवासी तथा सरोकारवालाहरुको थियो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले यो ऐतिहासिक स्थलको विकासका लागि सबैले पहलकदमी लिनुपर्ने बताए । “यो क्षेत्र विकास कोष अन्तर्गत पर्दैन तर सबै मिलेर प्रयास गर्न सकिन्छ । सहि योजना निर्माण गर्न सके बजेट जुट्न पनि समय लाग्दैन”, उनले भने । यो क्षेत्रमा आउने पर्यटकका लागि पार्करी पार्क तथा अन्य संरचना निर्माण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

वडा नं ८ का निवर्तमान वडाध्यक्ष डण्डपानी भट्टराईले धेरै विशेषता बोकेको पाकरी बृक्षमा गिद्ध नबस्ने र हात्ति नजिक नआउने र कुनै चराचुङ्गीले गुँड नलगाउने गरेको पाइएको बताए । उनले यो क्षेत्रमा थप जग्गा अधिग्रहण गरेर उचित संरक्षणको पहल थाल्नुपर्ने बताए ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) लुम्बिनीका अध्यक्ष रचना पन्तले ओझेलमा परेका पर्यटकीय गन्तव्यको खोजी अभियान सुरु गरिएको बताइन् । “हामीले नयाँ पर्यटकीय गन्तव्यको खोजी गरिहेका छौँ, ऐतिहासिक क्षेत्र भएर पनि प्रचारमा आउन नसकेका यस्त क्षेत्रको प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँछौ”, उनले भनिन् ।
कार्यक्रममा पाकरी बृक्ष संरक्षण समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले पर्यटकीय पूर्वाधार नहुँदा पाकरी बृक्ष हेर्न आउनेहरु खिन्न भएर फर्किने गरेको गुनासो गरे ।

पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक टंक नारायण आचार्यले औद्योगिक प्रर्दशनी रमाइलो मेला मात्र नभई स्थानीय उत्पादन र पर्यटकीय गन्त्वयको प्रचार प्रसार गर्ने थलो भएकाले पर्यटन प्रवद्र्धनमा जोड दिइएको बताए ।

पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक टंक नारायण आचार्यको अध्यक्षता, प्रचारप्रचार उपसमितिका संयोजक लालहरी पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका सचिवालय सदस्य जमुना पोखरेल, पर्यटन व्यवसायी बरुण ज्ञवाली लगायतले ऐतिहासिक पर्यटकीय स्थलको विकास र व्यवस्थापनमा तीनै तहका सरकारले चासो दिनुपर्ने बताएका थिए ।

पूर्व पश्चिम राजमार्गको शित्तलनगर चोकदेखि २ कि.मी. दक्षिणमा रहेको पाकरी बृक्षको उचाई करिब ९६ फीट, फैलिएका हाँगाको परिधि करिब ५०० फिट रहेको छ ।

पुरातत्व विभागले गरेको सर्वेक्षण अनुसार बिशाल पाकरी बृक्ष शाक्य बंशको पालादेखि रहेको अनुमान छ । प्राचीन कोलिय राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी बृक्षको उत्पत्ति भएको मानिएको छ । यो ठाउँ गौतबुद्धकी माता मायादेवीको जन्मस्थानबाट नजिक भएकाले बुद्धले यस बृक्ष मुनि ध्यान साधना गरेको हुनसक्ने विश्वास रहेको स्थानीय हरिप्रसाद पाण्डेले बताए ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ९ : ४७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन