१३ बैशाख २०८३, आइतबार | April 26, 2026

आर्सनललाई सात अंकको अग्रता



काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा सात अंकको अग्रता लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ४-२ ले पराजित गर्दै आर्सनल म्यानचेस्टर सिटीभन्दा सात अंकको अघि रहेको हो ।

जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १६ खेलबाट ४३ अंक छ । समान खेलबाट सिटीकोे ३६ अंक रहँदा पराजित ब्राइटन २४ अंकसहित आठौं स्थानमा रह्यो ।

भ्रमणकारी टोली आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुई गोल गरे । यसैगरी बुकायो साका र इडवार्ड एन केटियाले एक एक गोल गरेका थिए । ब्राइटनका लागि काउरु मिटोमा र इभान फर्गुसनले समान एक गोल गरे ।

राति नै भएको खेलमा सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकियो । म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १-० ले पराजित ग-यो । यसैगरी फुलहमले साउथह्याम्पटन र क्रिस्टियल प्यालेसले  बर्थमाउथलाइ हरायो ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : १६ बजे

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।