५ श्रावण २०८३, मंगलबार | July 22, 2026

१७ अंकले बढ्यो नेप्से, चार अर्बभन्दा बढीको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेको छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो ।

साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज नविल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुर सञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

सृजनसिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै खप्तड लघुवित्त, धौलागिरि लघुवित्तको ९.९९ प्रतिशत र अजोड बिमा प्रभु बिमाको ९.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ।

कुल १२१ कम्पनीको सेयर उकलो लागेको छ भने ८७ कम्पनीको मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।

आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ४ : ३२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं