२ भदौ २०८३, मंगलबार | August 18, 2026

आजको मौसम : वर्षा, हिमपात र हुस्सुले जनजीवन प्रभावित हुन सक्ने



काठमाडौं । देशका पहाडी भू-भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । तराईका थोरै भू-भागमा हुस्सु लागेको अवस्था छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ ।

आज दिउँसो प्रदेश नम्बर-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश-१ को पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हल्का वर्षा, हल्का हिमपात र तराईका केही भू-भागमा हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवनयापन, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : २१ बजे

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन

अब सरकारी कर्मचारीले १५/१५ दिनमा तलबभत्ता पाउने

काठमाडौं । अब निजामती कर्मचारीले १५–१५ दिनमा तलब भत्ता पाउने