काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्।
प्रधानमन्त्रीले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।
मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा प्रधानमन्त्ती प्रचण्डले प्रभावकारी ढंगले काम गर्न सचिवहरुलाई निर्देशन दिने बताइएको छ ।
प्रधानमन्त्रीले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लागेका छन्।
पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सरकारका सबै सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो ।



















प्रतिक्रिया