काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



















प्रतिक्रिया