१४ माघ २०८२, बुधबार | January 28, 2026

नेपाली दूतावास भियानामाथि मानव तस्करीको आरोप



लन्डन । अष्ट्रियाको भियानामा रहेको नेपाली दूतावास क्रोसियामा नेपाली कामदार पठाउने कागजातसम्बन्धी विवादमा तानिएको छ ।

क्रोयसियामा कामदार पठाउन रोजगार मागपत्र प्रमाणीकरण गर्ने बहानामा नेपाली राजदूत भरतकुमार रेग्मीलगायतको मिलेमतोमा ठूलो संख्यामा श्रमिकहरु युरोप छिराउन लागेको आरोप लागेपछि दूतावास विवादमा मुछिएको हो ।

गैरआवासीय नेपाली संघ अष्ट्रियका पूर्वअध्यक्ष विनोद चौलागाईले दूतावासको संलग्नतामा गैरकानुनी काम भएको बताए । तर, दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम तय भएका श्रम गन्तब्य मुलुकहरुमा कामदार पठाउन मात्र पत्र प्रमाणीकरण गर्ने कार्य नेपाली दूतावासको कार्यक्षेत्र रहेको जनाएको छ ।

दूतावासभित्र विचौलियाले अनावश्यक चलखेल गर्न नपाउने र मागपत्र प्रमाणीकरण कार्य पारदर्शी र व्यवस्थित बनाउन सचेत र सजक रहेको दूतावासले दावी गरेको छ । विज्ञप्तिमा सामाजिक सन्जालमा प्रकाशित क्रोयसियामा कामदार पठाउनेसम्बन्धी रोजगार मागपत्र प्रमाणीकरणसँग जोडिएर आएका समाचारहरु भ्रामक रहेको उल्लेख छ ।
दूतावासले प्रचलित कानुनबमोजिम माग पत्र प्रमाणीकरण कार्यलाई व्यवस्थित गर्न विद्यमान व्यवस्थामा रही सुधार गर्नुपर्ने देखिएकाले २०२२ अगष्टदेखि मागपत्र प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ । विज्ञप्तिमा क्रोयसियामा हालै सेन्जेन समूहमा प्रवेश गरेको विषयमा दूतावासपूर्ण रुपमा जानकार रहेको र सो समूहमा प्रवेश भएपछि परिवर्तन हुनसक्ने अध्यागमन तथा श्रमसम्बन्धी कानुनी व्यवस्थाका बारेमा स्पष्ट जानकारी आएपछि मात्र सम्बन्धित मुलुकका कम्पनीहरुबाट प्राप्त हुने माग पत्र प्रमाणीकरण कार्य सुचारु गरिने उल्लेख छ ।

यसअघि गैरआवासीय नेपाली संघ अष्ट्रियका निवर्तमान अध्यक्ष विनोद चौलागाई र सञ्चारकर्मी बाबाराजेश्वरी थापाले अष्ट्रियाका लागि नेपाली राजदूत, कर्मचारीहरु र एनआरएनए अष्ट्रियाको समेत संलग्नतामा मानव तस्करी भएको भन्दै हेलो सरकारमा उजुरी दर्ता गरेका थिए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १० : ५४ बजे

गुल्मीमा बोलेको अभिव्यक्तिले सागर ढकाल सामाजिक सञ्जालमा आलोचनाको घेरामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गुल्मी क्षेत्र

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन

काठमाडौं । भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजीत पवार सवार निजी

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली । दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण