७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ  स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइका लागि न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको थियो ।

तर, सन्दीपकै कानुन व्यवसायीले बिहीबारको सुनुवाइ स्थगित गरेका उच्च अदालत पाटनले जनाएको छ । यसअघि दुईपटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।

पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले नै सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको थियो ।

एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनी १८ कात्तिकमा कारगार चलान भएका थिए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ३ : ३५ बजे

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी