८ बैशाख २०८१, शनिबार | April 20, 2024

गजल साँझसहित बुटवलको कालिका पथमा खुल्यो ‘मोन्टोना रेष्टुरेन्ट एण्ड बार’



बुटवल । होटल तथा रेष्टुरेन्टको हब बन्दै गएको बुटवल उपमहानगरको कालिकापथमा  मोन्टोना रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।

रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएको कालिका पथमा नेपाली इण्डियन र चाइनिज परिकारका पारखीहरुलाई मध्यजनर गर्दै रेषटुरेन्ट सञ्चालनमा आएको सञ्चालक राजेश श्रीपालीले जानकारी दिए ।

‘फिल द वेस्ट भाइव्स इन टाउन’ नारालाई आत्मासाथ गर्दै लाइभ म्युजिक, विशेष गजल साँझ, अनप्लग म्युजिक तथा ठूलो पालइडी स्क्रिनका साथ होटल सञ्चालनमा आएको हो । ४ जना युवाहरुको कुल १ करोड ५० लाखको लागतमा सञ्चालन गरिएको रेष्टुरेन्ट एण्ड बार शुभारम्भको अवसरमा यही पोष २२ गतेदेखि विभिन्न कलाकारहरुको प्रस्तुती रहने सञ्चालक प्रकाश भट्टराईले जानकारी दिए ।

मोन्टाना शुभारम्भको अवसरमा पोष २२ गतेदेखि तीन दिने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको सञ्चालक गिता महतले बताइन् । कार्यक्रममा चर्चित लोकदोहोरी गायक राजु परियार र गायिका टिका पुनको सांगीतिक प्रस्तुती रहने सञ्चालक राजेश भट्टराईले बताए ।

होटल शुभारम्भ बारे जानकारी गराउन विहिबार आयोजित पत्रकार।सम्मेलनमा बोल्दै गायक राजु परियाले रेष्टुरेन्ट सञ्चालनको सञ्चालनसँगै ग्राहकले नयाँ स्वादको अनुभव प्राप्त गर्ने अवसर पाएको बताए ।

पौष २३ गते आधुनिक पप गायिका शुबानी मोक्तान तथा २४ गते गायक कमल खत्रीको प्रस्तुती रहने र निशुल्क प्रवेशको व्यवस्था गरिएको सञ्चालक विकास ज्ञवालीले बताए । कारयक्रमलाई टुबोर्ग बियर, क्यु एफ एक्स सिनेमा तथा जंग प्रोडक्सनले सपोर्ट गरेको आयोजकले जनाएको छ । रेष्टुरेन्टमा करिब २ दर्जनले रोजगार प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ४ : २७ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या