२५ भदौ २०८३, बिहिबार | September 11, 2026

उपकरणको अभावमा काठमाडौंबाट रिपोर्ट आईपुग्दा अनुसन्धानको म्याद सकिन्छ : बुटवलका डीएसपी थापा



बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै काज सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) दानबहादुर थापाले प्रहरी युनिटहरुमा आधुनिक बैज्ञानिक उपकरणको अभावमा प्रहरी अनुसन्धान प्रभावित हुने गरेको बताएका छन् ।

दश दिनअघि मात्रै बुटवल आएका डीएसपी थापाले पत्रकारहरुसँग परिचयात्मक अन्तरक्रियमा बोल्दै समाजमा साइबर क्राइम बढेपनि उपकरणको व्यवस्थापन नहुँदा काम कारवाही प्रभावित हुने गरेको बताए । साइबर क्राइममा भएका प्रमाणहरु अनुसन्धानका लागि काठमाडौं पठाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले काठमाडौंबाट रिपार्टको प्रतिबेदन आउँदा कानुनले तोकेको अनुसन्धानको म्याद सकिसक्ने गरेको बताए ।

उनले प्रहरीमा जनशक्तिको अभाव रहेको, एउटै प्रहरीले विविध जिम्मेवारी पुरा गर्नुपर्ने बाध्यता रहेको तथा कार्यगत स्वायत्तताको अभाव रहेको समेत बताए ।

उनले आफुले प्रहरी संगठनले तोकेको व्यवसायिक बाहेकको अन्य कार्य नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । इलाका प्रहरी कार्यालय बुटवलका यसअघिका डीएसपी ठगबहादुर केसी जाँदाजाँदै सुन काण्डको कसुरमा मुछिएको तर्फ संकेत गर्दै डीएसपी थापाले कुनैपनि आर्थिक प्रलोभनमा आफू नपर्ने बताए । “मेरो २५ वर्षको प्रहरी सेवा स्वच्छ ढंगले नै बितेको छ, अव पनि कुनै आर्थिक प्रलोभनमा फस्ने छैन”–उनले भने ।

३५ तोला सुन र लाखौं रकम काण्डमा मछिएका यस अघिका डीएसपी ठगबहादुरमाथिको अनुसन्धान जारी छ ।आफू कुनै आर्थिक प्रलोभनमा नफस्ने बताएका छन् ।

उनले बुटवले बुटवलको मुख्य समस्या लागू औषध नियन्त्रण रहेको र पछिल्लो समय आत्महत्या रोकथाम पनि मुख्य चुनौतीको रुपमा देखिएको भन्दै हत्या, हिंसा, लुटपाट, चोरी डकैती जस्ता जघन्य अपराधमा संलग्नलाई पनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ५ : ०० बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ