३ भदौ २०८३, बुधबार | August 19, 2026

तिलोत्तमा नगरपालिकाद्धारा ११० भूमिहीनलाई लालपुर्जा वितरण



तिलोत्तमा नगरपालिका वडा नं १५ र वडा नं १७ गाउँब्लकमा रहेका भूमिबिहीनलाई लालपुर्जा वितरण गरिएको छ ।

तिलोत्तमा वडा नं १७ वडा कार्यालयको हल गैगोलियामा आज एक कार्यक्रम बिच नगरपालिकाको गाउँब्लकमा रहेका १ सय १० घरपरिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

लाल पुर्जा बाड्दै नगर प्रमुख राम कृष्ण खाणले नगरपालिको गाउँब्लकमा रहेका भूमिवीहिनलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरे ।

नगरपालिका वडा नंम्बर १५ र १७ को गाउँब्लकमा रहेका भूमिवीहिनलाई लालपुर्जा वितरण गर्दै खाणले आगामी दुई वर्षसम्म गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिने गरी काम अगाडि बढाइएको जानकारी गराए ।

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत काम सुरु भएको भन्दै दुई बर्षमा तिलोत्तमा भित्रका रहेका सबै गाउँब्लकमा भूमिवीहिनलाई लालपुर्जा वितरण गरिने नगर प्रमुख खाणले बताए ।

यसै अबसरमा नगर उप प्रमुख जागेश्वर देवि चौधरीले बारम्बार उठिरहने भूमिसम्बन्धी समस्या दिगो रूपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताइन् ।

।जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जावीहिन बनिरहेकाको लागि धन्नै ५५ बर्षमा लालपुजा वितरण गरिएको वडा नं १७ का वडा अध्यक्ष दान बहादुर चौधरीले बताए ।

धेरै बर्ष पछि नागरिकहरुलाई खुसि दिन सकिएको वडा अध्यक्ष चौधरीले बताए । नापि कार्यालय भैरहवाका कार्यालय प्रमुख सुक्रिम यादवले स्थानियतहले क्रमिक रुपमा काम गर्ने वातावरण बनाईदिएमा दुई ढाईवर्षमा रुपन्देहीमा रहेका सबै गाउँब्लकका सुकुम्बासीलाई जग्गा लालपुर्जा दिन आफु सक्रिय भएर लाग्ने बताए ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ६ : १४ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार