१७ बैशाख २०८१, सोमबार | April 30, 2024

खजुराको क्यान्सर अस्पतालमा ‘लिन्याक’ उपकरण भित्रियो, अव क्यान्सरका सबै उपचार खजुरामै सम्भव



खजुरा । जनस्तरबाट स्थापना भएर सरकारले स्वामित्व लिएको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अव क्यान्सरका सम्पूर्ण उपचार हुने भएको छ । क्यान्सरको उपचारमा प्रयोग हुने मुख्य उपकरण लिन्याक मेसिन अस्पतालमा भित्रिएसँगै खजुरामा क्यान्सरको सम्पूर्ण उपचार हुने भएको हो ।

रेडियो थेरापीसँग सम्बन्धित लिन्याक उपकरण आज अस्पतालमा आइपुगेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए । अध्यक्ष मल्लले लिन्याक मेसिन संचालनमा आएपछि क्यान्सरका बिरामीले सेकाईका (रेडियो थेरापी) लागि भरतपुर ,काठमाडौँ वा भारत पुग्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले लिन्याक मेसिन संचालनमा आए पछि क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई तथा अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने जनाए।

सामान्य क्यान्सरको लक्षण देखिएका विरामीको किमो थेरापी र सामान्य अप्रेशन भइरहेको खजुराको क्यान्सर अस्पतालमा अव ठुला क्यान्सरका शल्यक्रिया र रेडियो तथा किमोका सबै थेरापी संचालन गर्न सकिने अस्पतालले जनाएको छ ।

धर्मगुरु सन्त दीनदयालजी महाराजबाट संकल्पित क्यान्सर अस्पताल बाँकेको खजुरा र त्यस आसपासका स्थानीयहरुको मुट्ठीदानबाट स्थापना भई २०७२ सालबाट नेपाल सरकारबाट संचालन हुँदै आएको छ । अस्पतालमा उपकरण र भौतिक संरचना निर्माण भएपनि दक्ष जनशक्तिको दरबन्दी श्रृजना नगरिँदा काज र करार सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा दिँदै आएका छन् ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : १४ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल