११ असार २०८३, बिहिबार | June 25, 2026

खजुराको क्यान्सर अस्पतालमा ‘लिन्याक’ उपकरण भित्रियो, अव क्यान्सरका सबै उपचार खजुरामै सम्भव



खजुरा । जनस्तरबाट स्थापना भएर सरकारले स्वामित्व लिएको बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अव क्यान्सरका सम्पूर्ण उपचार हुने भएको छ । क्यान्सरको उपचारमा प्रयोग हुने मुख्य उपकरण लिन्याक मेसिन अस्पतालमा भित्रिएसँगै खजुरामा क्यान्सरको सम्पूर्ण उपचार हुने भएको हो ।

रेडियो थेरापीसँग सम्बन्धित लिन्याक उपकरण आज अस्पतालमा आइपुगेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए । अध्यक्ष मल्लले लिन्याक मेसिन संचालनमा आएपछि क्यान्सरका बिरामीले सेकाईका (रेडियो थेरापी) लागि भरतपुर ,काठमाडौँ वा भारत पुग्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले लिन्याक मेसिन संचालनमा आए पछि क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई तथा अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने जनाए।

सामान्य क्यान्सरको लक्षण देखिएका विरामीको किमो थेरापी र सामान्य अप्रेशन भइरहेको खजुराको क्यान्सर अस्पतालमा अव ठुला क्यान्सरका शल्यक्रिया र रेडियो तथा किमोका सबै थेरापी संचालन गर्न सकिने अस्पतालले जनाएको छ ।

धर्मगुरु सन्त दीनदयालजी महाराजबाट संकल्पित क्यान्सर अस्पताल बाँकेको खजुरा र त्यस आसपासका स्थानीयहरुको मुट्ठीदानबाट स्थापना भई २०७२ सालबाट नेपाल सरकारबाट संचालन हुँदै आएको छ । अस्पतालमा उपकरण र भौतिक संरचना निर्माण भएपनि दक्ष जनशक्तिको दरबन्दी श्रृजना नगरिँदा काज र करार सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा दिँदै आएका छन् ।

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ९ : १४ बजे

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण