२० असार २०८३, शनिबार | July 4, 2026

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा उपप्रधानमन्त्री लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

यसअघि ६ पुसमा लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वाेच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । शुक्रबार पेसी चढेसँगै रिटमाथि सुनुवाइ हुने भएको हो ।

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको हो ।

अधिवक्ता युवराज पौडेल र अधिवक्ता रविराज बसौलासमेतले राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : ०६ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा