७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

साझाको विद्युतीय बसमा राष्ट्रपति भण्डारी पाटनढोका सरर



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छिन् । राष्ट्रपति भण्डारी आज दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका पुगेकी हुन् ।

हाकुपटासीमा सजिएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरेका थिए । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरिन । राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गरेकी थिइन ।

पुस्तकालयको अवलोकनपश्चात् राष्ट्रपति भण्डारी हिँडेर अवलोकनका लागि पिम्बहाः पुखु पुगेकी थिइन् । पिम्बहाः मा उहाँले नेवारी भजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिएकी थिइन । काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्किइन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ४ : ११ बजे

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी