७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

प्रेसमाथिको हस्तक्षेप बन्द गर : अध्यक्ष विपुल पोख्रेल



नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रतामाथि विभिन्न पक्षबाट हुने हस्तक्षेपलाई तत्काल बन्द गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

नेपाल पत्रकार महासङ्घ बाँके शाखाको १३औँ वार्षिक साधारणसभालाई आज यहाँ उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले समाजलाई जागरुक बनाउन पत्रकारिता गर्ने क्रममा कसैले पनि पत्रकार र सञ्चारगृहमाथिको आक्रमण, अवरोध तथा बन्देज लगाउन नपाइने भन्दै निर्वाधरूपमा पेसा सञ्चालन गर्ने वातावरण निमार्ण गर्न सुझाव दिए ।

उनले भने, “पत्रकारिता गर्ने क्रममा कसैले पनि पेसालाई दुरुपयोग गरेको छ भने त्यसलाई अवश्य कारबाही हुन्छ, पत्रकार तथा मिडियालाई पनि नियन्त्रण गर्ने निकाय प्रेस काउन्सिल छ, पत्रकारको नाममा कसैले पनि गलत कार्य गर्नुहुँदैन ।”

समारोहमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईँ, पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीलगायतले पत्रकारका हकहित तथा पेसाका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।

समारोहमा महासङ्घद्वारा स्थापित विभिन्न पुरस्कारहरु पत्रकारलाई प्रदान गरिएको महासङ्घ बाँके अध्यक्ष दामोदर भण्डारीले बताए । उनका अनुसार सभाको बन्दसत्रमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १० : १३ बजे

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी