२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रत्याभूतिका लागि सरकार गम्भीर रहेकाे बताएका छन् ।

सिंहदरबारमा आइतबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले तेस्रो कार्यकाल सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने प्रतिबद्धता पनि जनाएका थिए ।

उनले सरकारका सचिवहरूसँगको छलफलमा पनि सामाजिक न्याय, सुशासन र समृद्धिमा केन्द्रित हुने बताएका थिए । उनले भने, ‘जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन् । अब केही हुन्छ, नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने आत्मविश्वास र प्रतिवद्धतासहित काम गर्नुछ । त्यसका लागि यहाँहरूको सहयोग चाहिन्छ ।’

सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको उनले बताए । सुशासनको कुरा राज्यको आमजिम्मेवारी भएको र यसमा सरकार गम्भीर रहेको बताए । उनले भने, ‘भ्रष्टाचार निवारण एउटा मात्र निकायले गर्न सक्दैन । यो समग्र सामाजिक चेतना र संस्कृतिको प्रश्न पनि हो । आम जनताको चेतना र पहलसँग पनि यसको सम्बन्ध रहन्छ । भ्रष्टाचार निवारणमा राज्यको जिम्मेवारी प्रमुख रूपमा रहन्छ । त्यसप्रति म पूरै गम्भीर जिम्मेवार छु ।’

छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले उत्साहित भएको बताएका थिए । आयोगले संसदमा विचारधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र विस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  २ : ३८ बजे

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई

बञ्चरेडाँडामा स्थानीयको अवरोध, काठमाडौंको फोहोर विर्सर्जन पुनः ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुनः अवरोध आएको छ

प्रचण्डद्वारा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य