३ भदौ २०८३, बुधबार | August 19, 2026

दैलेखमा एक जनाले गरे आफ्नै घरमा आगो लगाएर आत्महत्या



दैलेख । दैलेखको भैरवी गाउँपालिका-४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन् । शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।

विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । नरेश मजदुरीका लागि भारतमा भएकै वेला उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । त्यस घटनापछि मानसिक रूपमा विक्षिप्त भएका नरेश दुई दिनअघि मात्रै घर फर्केका थिए ।

श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाई उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए ।

घर जलेर करिब तीन लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ५ : २७ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने