९ चैत्र २०८२, सोमबार | March 23, 2026

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढ्यो : उद्योग परिसंघ



काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ मा लचकता देखाउँदै संशोधन गर्दा निजी क्षेत्रको मनोबल उकास्न सकारात्मक सञ्चार प्रवाह गरेको जनाएको छ ।

उद्योगी व्यवसायीहरू कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन ०७९ दुई वर्ष पर सार्नुपर्ने परिसंघको सुझाव संसोधनले आंशिक रुपमा सम्बोधन भएको जनाएको छ ।

परिसंघले संशोधित मार्गदर्शनबाट यसअघिको ५० लाखसम्म चालु पुँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर एक करोडसम्म पुर्याउनुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । यसले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने परिसंघको भनाइ छ ।

पुराना चालु पुँजी कर्जाहरूको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको देखिए असारमसान्त ०८२ सम्ममा कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराइनु पनि सकारात्मक भएको परिसंघको भनाइ छ । तर, यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिर्वाय व्यवस्था गर्नुभन्दा अधिक समय दिइ कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउँदा उद्योगी तथा व्यवसायीहरुलाई सहज हुने भनाइ छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ५ : ४९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा