४ पुस २०८२, शुक्रबार | December 20, 2025

पृथ्वी जयन्ती र एकता दिवस कुनै पार्टीको मात्र होइन : राजेन्द्र लिङ्देन



काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस कुनै एक पार्टीको मात्र नभएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएकोप्रति धन्यवाद दिए ।

उनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कुनै पार्टीको मात्र नभएर सिंगो देशकै भएको बताए । ‘पृथ्वी नारायण शाह थिए र त नेपाल छ । नेपाल छ र त प्रचण्ड प्रधानमन्त्री बन्न पाउनु भएको छ,’ उनले भने, ‘राष्ट्रनिर्माताको जन्म जयन्ती मनाउन कसै हिच्किचाउनु पर्दैन । सरकारले बिदा दिएको छ, धन्यवाद दिन चहान्छु ।’

प्रधानमन्त्री प्रचण्डले राखेको विश्वास मतको प्रस्तावप्रति आफ्नो पार्टीको समर्थन रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको