४ चैत्र २०८२, बुधबार | March 18, 2026

अपाङ्गता महिला संघ रुपन्देहीको साधारण सभा सम्पन्न, ‘अपाङ्गता अधिकारका लागि स्थानीय तह सचेत छ’



बुटवल । अपाङ्गता महिला संघ रुपन्देहीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुटवल तामनगरमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा गरिएको हो ।

संस्थाका अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौडेलले अपाङ्गता अधिकार शुनिश्चिताका लागि आफुले जहिले पनि सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाएका थिए । उनले अपाङ्गता महिला संघले परिकल्पना गरेको भवन निर्माणको लागि जग्गा व्यवस्थापन लगायतका लागि आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

बुटवल उपमहानगरापलिकामा रहेका अपाङ्गता भएका व्याक्तिहरुको तथ्यांक संकलन देखि अन्य काममा समेत नगरपालिकाले जहिले पनि सकारत्मक पहल गरेको जानकारी दिदै उनले संघले अभियानको रुपमा सुरुवात गरेको अभिभावक विहिन अपाङ्गता भएका महिलाहरुको साझा घरको लागि आफुले पहल गर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता अधिकारको लागि जहिले पनि पैरवी गर्दै आएको जानकारी दिदै हक, अकिार शुनिश्चितका लागि जहिले पनि सकारात्मक पहल गर्ने प्रतिवद्धता जनाए । उनले अहिले पछिल्लो समयमा स्थानीय तह केन्द्रीय अपाङ्गता सम्बन्धी काम हुने गरेको जानकारी दिदै जसको लागि सबै निकायमा अपाङ्गता भएका व्याक्तिहरुको संघ संस्थाले निरन्तर खबरदारी सहित बजेट माग गरी सोही अनुसार लक्षित समुदायको पक्षमा काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का पुर्व जनप्रतिनीधी बबिता आचार्य, खेलकुद प्रशिक्षक चन्द्रकान्त आचार्य, सेतो गुरो बाल सेवा केन्द्र बुटवलका अर्जुन तामाङ्ग, स्वालम्बन अपाङ्गता शशक्तिकरण संस्थाका अध्यक्ष रजिता रेग्मी, रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष सुवि गुरुङ्ग लगायतकोे आतिथ्यता रहेको थियो । कार्यक्रम संस्थाका सचिव पार्वती न्यौपानको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ४१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।