२१ मंसिर २०८२, आइतबार | December 7, 2025

माछापुच्छ्रे बैंकको चौबीसौं वार्षिक साधारणसभा सम्पन्न, बैंकको खुद नाफा १.६८ अर्ब



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष ०७८र७९ मा १.६८ अर्व खुद मुनाफा कमाउन सफल भएको छ । बैंकको आज काठमाडौमा सम्पन्न २४ औ साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा बैंकको मुनाफा १.६८ अर्व पुगेको हो ।

साधारणसभामा प्रस्तुत प्रतिबेदनमा बैंकले आ. व २०७८÷७९ मा १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाइएको छ । आर्थिक प्रतिबेदन अनुसार सोहि अवधिमा बैंकको कुल निक्षेप रु १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा रु १३१.२७ अर्ब पुगेको छ । यसका साथै गत आ.व बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्घि गरी रु २४.१३ अर्ब पुर्याएको छ । गत आ.वमा बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको पनि बैंकले जनाएको छ ।

पहिलो पटक काठमाडौँमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.उपेन्द्र महतो, रोशन के.सी. र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित समते गरेको छ ।

उक्त साधारणसभामा बोल्दै बैंकका अध्यक्ष डा. उपेन्द्र महतोले देशको आर्थिक स्थितीलाई मजबुत बनाउन बैंकको तर्फबाट यथासक्य योगदान पु¥याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा बृद्धि गरि कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले शेयरधनीहरुलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए । साथै महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीति अनुरुप बैंकले मर्जरको लागि प्रयत्न गरिरहेको जानकरी गराउदै बैंक सधै परिणाममुखी मर्जर कालागि सकारात्मक रहेको र सोही बमोजिम छलफलहरु गर्दै आइरहेको जानकारी गराए ।

त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखा रहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाखभन्दा बढि ग्राहकलाई सर्वसुलभ, अत्याधुनिक प्रविधियुक्त विश्वासनिय सेवा प्रदान गरिरहेको जानकारी गराए ।

उनले बैंकले मुनाफामा भन्दा पनि दिगो बैंकिङ्गमा जोड दिईरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवाप्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।

उक्त साधारण सभामा संस्थापक एंव साधारण सेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५४ बजे

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक