४ चैत्र २०८२, बुधबार | March 18, 2026

जेष्ठ नागरिक र ब्युत्पन्न नागरिकलाई पालिका सरकारको न्यानो सिरक र कपडा



खजुरा । लामो समयदेखिको सितलहरले अत्याधिक चिसो बढेपछि बाँकेको खुजुरा गाँउपालिका अन्तर्गत वडा नम्बर ६ का ब्युत्पन्न नागरिसकलाई न्यानो सिरक तथा कपडा वितरण गरिएको छ ।

वडाका जेष्ठ नागरिकको सम्मान स्वरुप २३३ जनालाई उलनको सुइटर, ६० जनालाई फाइबर ब्ल्याङ्केटm ५० जनालाई ब्ल्याङ्केट वितरण गरिएको खजुरा गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाले आज बिहान आयोजना गरेको कार्यक्रममा पालिका अध्यक्ष डम्बर बिकले स्थानीय ९० बर्षिया सुखिया कोरि लाई सुईटर हस्तान्तरण गर्दै कार्यक्रम को उदघाटन गरे । कार्यक्रममा असहाय बालबालिकालाई ८७ थान स्कुल ड्रेस पनि बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष बिकले आगामी दिनहरुमा सरकारले ब्युत्पन्न र जेष्ठ नागरिक लक्षित कार्यक्रम गरि जनतालाई सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष मन्जु मल्ल, ईलाका प्रहरी कार्यलय धनौलिका ईन्चार्ज प्रेम रेग्मी सहित वडा अध्यक्ष फारुक शेष र वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : ३८ बजे

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको