२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनीका मुख्यमन्त्री गिरीले ९० वर्षिया आमासँग ‘साष्टाङ्ग दण्डवत’ गर्दै मागे सफलताको आशिर्वाद



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री लिला गिरीले मुख्यमन्त्रीको कार्यभार सम्हाले लगत्तै आमाको आशिर्वाद लिन रुपन्देहीको छपिया पुगेका छन् । देउखुरी उपत्यका स्थित मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेको पर्सिपल्ट गृह जिल्ला रुपन्देही फर्केका मुख्यमन्त्री गिरी आफ्नो निवास पुग्नु पहिले आमासँग आशिर्वाद लिन छपिया पुगेका थिए ।

मुख्यमन्त्रीको कान्छो भाईसँग छपियामा बस्दै आएकी आमा केशवकुमारी गिरीलाई शाष्टाङ्ग दण्डवत गर्दै मुख्यमन्त्री गिरीले आमासँग आशिर्वाद मागेका थिए । आमाले गिरीको टाउकोमा हात राखेर सफलताको शुभकामना दिएकी थिइन् ।

९० वर्षिया आमा भेट्न भाई बस्दै आएका घर पुगेका मुख्यमन्त्री दम्पत्ती कोशेली सहित पुगेका थिए । केहीबेर आमासँग भलाकुसारी गरेपछि गिरी शिर्श नेताहरुसँग छलफल गर्न काठमाडौं प्रस्थान गरेका छन् । प्रदेश मन्त्रिमण्डल बिस्तार मन्त्रालयको भागवढडाका सम्बन्धमा नेताहरुसँग छलफल गर्न मुख्यमन्त्री गिरी काठमाडौं प्रस्थान गरेको बताइएको छ र

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ४० बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा