२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

विमान दुर्घटनामा परेका पर्वतका पाँच जनाको सनाखत



पर्वत । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका नौजनाको ज्यान गएको पुष्टि भए पनि पाँचजनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेमा पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका त्रिभुवन पौडेल, कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल रहेका छन् । त्यसैगरी कुश्मा नगरपालिका–१ पाङका १० महिने बालक रिहान पौडेल र रचना काफ्लेको सनाखत भएको छ भने पर्वतको विहादी गाउँपालिकाका चारजनाको सनाखत हुन सकेको छैन । उनीहरुको नामावलीसमेत पहिचान हुन सकेको छैन ।

दुर्घटनामा ज्यान गुमाउनेमा पर्वतको कुश्माका बाबुछोरी नै छन् । दुर्घटनामा कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ४६ वर्षीय अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धिको निधन भएको छ ।

काठमाडौँको वृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जन्मघर पर्वत आउने क्रममा उनीहरु दुर्घटनामा परेका हुन्। “छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ”, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भने, “उहाँहरूलाई लिन भाइ (अरुणका भाइ केशव) विमानस्थलमै पुग्नुभएको थियो ।” केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरे ।

मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्किएका थिए। अधिकारीका अनुसार कोरियाबाट फर्केपछि पौडेल तीन छोरी र श्रीमतीसँग काठमाडौँमा बस्दै आएका थिए। कोरियाबाट फर्किएपछि समाज सेवामा लागेका उनी गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : ५३ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज