बुटवल । टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको डिल एक्सचेन्ज अफर’ बुटवलमा सुरु भएको छ । बालाजी अटोमोबाइल बुटवलको आयोजनामा बिहीबारदेखि सुरु भएको एक्सचेन्ज मेला मंसिर १४ गतेसम्म इट्टाभट्टीस्थित एसियन पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
मेलामा ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । ग्राहकलाई आकर्षित गर्न कम्पनीले विभिन्न छुट तथा आकर्षक सुविधा सार्वजनिक गरेको छ ।
शोरुमका म्यानेजर शिव पौडेलका अनुसार मेलामा पुराना सवारीसाधनको उच्चतम मूल्याङ्कन, खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक, १० लाख रुपैयाँसम्म नगद छुट तथा गोल्डेन की जित्ने अवसर उपलब्ध गराइएको छ ।
त्यसैगरी, नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन् ।
मेलामा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर एउटै स्थानमा अवलोकन तथा खरिद गर्न सकिनेछ । पुरानो सवारीसाधन साटेर नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि मेला उपयोगी अवसर बन्ने आयोजकको विश्वास छ ।
















प्रतिक्रिया