काठमाडौं । नेपालमा भएको हवाई दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति पाकिस्तानले समवेदना प्रकट गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पोखरामा भएको हवाई दुर्घटनामा भएको अमूल्य जीवनको क्षतिप्रति पाकिस्तान सरकार र जनताले गहिरो समवेदना प्रकट गरेको जनाएको छ ।
विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, हामी यस दुखद दुर्घटना थाहा पाएर दुःखी भएका छौं । हामी दुर्घटनामा परेकाहरुप्रति श्रद्धान्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदनाको प्राथना गर्दछौं ।’
पाकिस्तानले नेपाली जनताको दुःखको घडीमा सधैं्र साथमा रहेको पनि उल्लेख गरेको छ ।

















प्रतिक्रिया