१६ असार २०८३, मंगलबार | June 30, 2026

प्याब्सन देवदहको खेल महोत्सव भोलीदेखी सुरु



देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) देवदहले भोलीदेखी खेल महोत्सवको आयोजना गर्ने भएको छ ।

प्याब्सन देवदहले माघ ३ गतेदेखि ६ गतेसम्म देवदह ५ स्थित पानबारी खेल मैदानमा खेल महोत्सव आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

“खलकुदले बढाउँछ हाम्रो सान, स्वस्थ नागरिक देवदहको अभियान” भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट राष्ट्रको गौरव बढाउनको लागि अभिप्रेरित गर्ने हेतुले खेल महोत्सव आयोजना गर्न लागिएको खेल संयोजक बोधराज गौडेलले बताए ।

प्रतियोगितामा प्याब्सन देवदहमा आबद्ध ११ विद्यालय मध्य ९ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने खेल संयोजक बोधराज गौडेलले बताए । माघ ३ देखि ६ गते सम्म सञ्चालन हुने खेलमा ७०० जना बिद्यार्थी खेलाडीहरुले भाग लिने गौडेलको भनाई छ ।

महोत्सवमा ३ विधामा खेलाडीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक समितिले जनाएको छ । सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र/छात्रालाई दौड, रिले दौड, छेलो, ज्याब्लिङ थ्रो, भलिबल लगायत फरक-फरक खेलहरु खेलाइने छ । सब जुनियर तर्फ कक्षा १ देखि ४ सम्मका, जुनियरतर्फ कक्षा ५ देखि ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् भने सिनियरतर्फ ८ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् ।

कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र सचिब कृष्ण गैरेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ५९ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै