७ पुस २०८२, सोमबार | December 22, 2025

प्याब्सन देवदहको खेल महोत्सव भोलीदेखी सुरु



देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) देवदहले भोलीदेखी खेल महोत्सवको आयोजना गर्ने भएको छ ।

प्याब्सन देवदहले माघ ३ गतेदेखि ६ गतेसम्म देवदह ५ स्थित पानबारी खेल मैदानमा खेल महोत्सव आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

“खलकुदले बढाउँछ हाम्रो सान, स्वस्थ नागरिक देवदहको अभियान” भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिता विद्यार्थीहरुलाई खेलकुदको माध्यमबाट राष्ट्रको गौरव बढाउनको लागि अभिप्रेरित गर्ने हेतुले खेल महोत्सव आयोजना गर्न लागिएको खेल संयोजक बोधराज गौडेलले बताए ।

प्रतियोगितामा प्याब्सन देवदहमा आबद्ध ११ विद्यालय मध्य ९ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने खेल संयोजक बोधराज गौडेलले बताए । माघ ३ देखि ६ गते सम्म सञ्चालन हुने खेलमा ७०० जना बिद्यार्थी खेलाडीहरुले भाग लिने गौडेलको भनाई छ ।

महोत्सवमा ३ विधामा खेलाडीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक समितिले जनाएको छ । सव जुनियर, जुनियर र सिनीयर तहमा छात्र/छात्रालाई दौड, रिले दौड, छेलो, ज्याब्लिङ थ्रो, भलिबल लगायत फरक-फरक खेलहरु खेलाइने छ । सब जुनियर तर्फ कक्षा १ देखि ४ सम्मका, जुनियरतर्फ कक्षा ५ देखि ७ सम्मका विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् भने सिनियरतर्फ ८ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् ।

कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता र सचिब कृष्ण गैरेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ५९ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका