२१ मंसिर २०८२, आइतबार | December 8, 2025

लुम्बिनी प्रदेशसभा : सभामुख र उपसभामुखमा तुलाराम र मेनुकाको उम्मेदवारी दर्ता



बुटवल । मंगलबारका लागि तय भएको लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले मनोनयन दर्ता गरेका छन् ।

सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए । उपसभामुखमा खाँणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ताको हस्ताक्षर रहेको सचिव पुनले बताए ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज साढे ५ बजे हुने छ । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय गरिएको छ ।

सभामुख चयन हुनु पूर्वको बैठकको अध्यक्षता भने जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने छन् । सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया सुरु हुने प्रदेशसभाका ज्येष्ठ सदस्य भुसालले बताए ।

नेपाली कांग्रेसले भने दिउँसो ३ बजेसम्म दुबै पदमा उम्मेदवारी दिएको छैन । सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् । सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन् भने विपक्षीमा कांग्रेसका २७ सदस्य र १–१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : १९ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब