२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी प्रदेशसभा : सभामुख र उपसभामुखमा तुलाराम र मेनुकाको उम्मेदवारी दर्ता



बुटवल । मंगलबारका लागि तय भएको लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका तुलाराम घर्ती मगर र उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले मनोनयन दर्ता गरेका छन् ।

सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिस्वर ढकाल र समर्थकमा राप्रपाका आसिस चौधरी रहेको प्रदेश सभा सचिव दुर्लभ पुन मगरले जानकारी दिए । उपसभामुखमा खाँणको प्रस्तावकमा माओवादीका ईन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ताको हस्ताक्षर रहेको सचिव पुनले बताए ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज साढे ५ बजे हुने छ । मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय गरिएको छ ।

सभामुख चयन हुनु पूर्वको बैठकको अध्यक्षता भने जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने छन् । सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया सुरु हुने प्रदेशसभाका ज्येष्ठ सदस्य भुसालले बताए ।

नेपाली कांग्रेसले भने दिउँसो ३ बजेसम्म दुबै पदमा उम्मेदवारी दिएको छैन । सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन गर्ने कार्यतालिका छ ।

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् । सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन् भने विपक्षीमा कांग्रेसका २७ सदस्य र १–१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ४ : १९ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३