७ जेष्ठ २०८३, बिहिबार | May 22, 2026

ताप्लेजुङ-भद्रपुरमा उडान थप



फुङ्लिङ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौं-ताप्लेजुङ-काठमाडौं र ताप्लेजुङ-भद्रपुर-ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो ।

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौंका लागि दुईपटक उडान हुनेछ ।

यस्तै हप्ताको चारपटक काठमाडौं-ताप्लेजुङ-काठमाडौं उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ-विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए ।

प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ-विराटनगर उडान गर्ने तालिका बनिरहेको उनले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ-विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ ।

यस पहिले सीता एयरले काठमाडौं-ताप्लेजुङ-काठमाडौं उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ ।

सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि रु पाँच हजार तीन सय ८५ र काठमाडौंसम्मका लागि रु नौ हजार दुई सय ८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : ४९ बजे

गण्डकीपूर्व वर्षा, नेपालगन्ज र दिपायलको तापक्रम ४१ डिग्री

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक शुक्रबार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका

जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु

तानसेन । जङ्गली च्याउ खाँदा यहाँको रम्भा गाउँपालिका–५ फलकुनमा दुई

बुटवलमा बसन्त गौचन फुटबल एकेडेमीको तेस्रो शाखा सञ्चालनमा

बुटवल । कुनै समय नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी