५ माघ २०८२, सोमबार | January 19, 2026

पोखरा विमान दुर्घटना : अध्ययन गर्न एटीआर निर्माता कम्पनीको विज्ञ टोली नेपालमा



काठमाडौं । पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ ।

एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । “एटीआर निर्माता कम्पनीबाट काठमाडौं आएको नौ सदस्यीय विज्ञ टोली आजै पोखरा पुगिसकेको छ”, उनले भने, “विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासो बढेको छ ।”

सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिसकेको छ । आयोगसदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा रहेका छन । साथै हवाई मर्मत विज्ञ एकराज जङ्ग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन । आयोगले जाँचको काम सुरु गरिसकेको छ ।

विमान दुर्घटनामा परेका ७० जनाको शव प्राप्त भइसकेको छ भने बाँकी दुई जनाको खोजी जारी छ । उद्धार गरिएको शवमध्ये २२ वटा शव सनाखत गरी पोखरामै आफन्तलाई बुझाइने छ भने बाँकी शव नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइनेछ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : २७ बजे

भूराजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट उम्मेदबार बनेँ : बाबुराम

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय

पत्रकारको प्रश्नमा झापा-५ बारे ओलीले भने – “के को इपिसेन्टर ? वाइहात!”

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रास्वपाले धादिङ-१ बाट आशिका तामाङलाई उम्मेदवार बनायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ-१ बाट सामाजिक अभियन्ता

काठमाडौं-५ मा नेकपाको उम्मेदवार कल्पना शर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि

रमेश मल्ललाई बनायो नेकपाले सल्यानको उम्मेदवार

काठमाडौं । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यान जिल्लामा नेपाली कम्युनिस्ट