१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ



महोत्तरी । नक्कली प्रहरी वनेर लुटपाट गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । वर्दिबास नगरपालिका वडा नं. ०४ स्थित  पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि  चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाइ लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबास-१४  बस्ने  २२ वर्षीय  निरज साह सोनार,  वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा,  २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका  शैलेन्द्र राउत र  धनुषा जनकपुर उप-महानगरपालिका ७ जिरोमाईल बस्ने  १९ वर्षीय दिपक राउत छन  ।

पिडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको वहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ ।’मलाइ उनिहरुले हात-हातमा लठ्ठी लिएर चारैतिरवाट घेरा हाले’, पिडित महतोले भने, ‘उनिहरुले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए ।’

आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रवाट चोरी भएका मोटरसाइकलको मुद्दा  समेत लगाउने त्रास समेत देखाएको पिडित महतोले वताएका छन ।

चोरी भएका मोटरसाइकल बिषयमा माथी खवर नगरी छाडने र त्यस्को वदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनिहरुले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउदा उनिहरु फरार भएको पिडित महतोले प्रहरीलाइ बयान दिएका छन । उनिहरुले महतोको साथवाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाइ उजुरी दिएको प्रहरीले जनाएको छ ।

उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाइ बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँवाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

आरोपित ६ जनालाइ नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरि हिरासतमा नै राखेर अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ ।

 

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ७ : ४३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू