१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी प्रदेशका सभामुख घर्तीले गरे सपथ लगत्तै सहिद लखन थापाको सालिकमा माल्यार्पण



बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले आफ्नो पदभार सम्हाल्नु अघि नेपालका पहिलो सहिद लखन थापाको सालिकमा माल्यार्पण गरेका छन् । लुमिबनी प्रदेश प्रमुख अमिक शेरचनसँग सपथ खाए लगत्तै सभामुख घर्ती बुटवलको राजमार्ग चौराहा स्थित सहिद लखन थापाको सालिहमा माल्यार्पण गर्न पुगेका थिए ।

मंगलबार प्रदेशसभाबाट निर्विरोध निर्वाचित भएका सभामुख घर्तीले आज बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ लिएका थिए । प्रदेश प्रमुख शेरचनसँग सफथ लिएपछि घर्तीले उपसभामुख मन्जु खाँण केसीलाई सपथ गराएका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिएर उनी सिधै राजमार्ग चौराहाको लखन चोकमा पुगेर सालिकमा माल्यार्पण गरे ।

उनले पत्रकारहरुसँग कुरा गर्दै प्रदेशसभाको अघिल्लो कार्यकालमा बाँकी रहेका कामनुन बनाउने कामहरु वर्तमान प्रदेशसभाले सम्पन्न गर्ने जनाएका थिए । सबै दललाई समान व्यवहार र समान सम्मान प्रदान गरेर प्रदेशसभालाई एक ढिक्का बनाएर लैजान आफ्नो प्रयास रहने उनको भनाई छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : १८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू