६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

प्रतिनिधिसभाले नयाँ सभामुख पाउँदै, यसरी हुनेछ निर्वाचन



काठमाडौं। प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि प्रतिनिधिसभाको बैठक सुरु भएको छद्ध । बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नेछन्।

त्यसपछि सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । शर्माको प्रस्तावलाई प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची छ।

ज्येष्ठ सदस्य राणाले त्यसपछि मत विभाजन गर्नेछन् । पक्ष र विपक्षका सांसदलाई ‘हुन्छ’ र ‘हुन्न’ भन्ने गरी हस्ताक्षर गर्न लगाइने छ । दुवै उम्मेदवारमा जसले हुन्छ भन्ने मत बढी ल्याउँछन् उनै विजयी घोषणा गरिनेछ । नयाँ सभामुखले उपसभामुखको निर्वाचनको मिति तोक्नेछन् ।

सत्तागठबन्धनका उम्मेदवार घिमिरेलाई एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४ सांसदको समर्थन छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गरेका जसपा, जनमत पार्टीले सभामुखमा कसलाई भोट हाल्छन् भन्ने खुलेको छैन । नागरिक उन्मुक्ति पार्टी पनि अलमलमा छ । यदि तीन पार्टीले भोट हालेनन् भने घिमिरेले १४४ मत पाउने देखिन्छ । जुन विजयका लागि पूर्ण हुन्छ ।

कांग्रेस उम्मेदवार न्यौपानेलाई कांग्रेसका ८८, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसदको समर्थन छ । जसपाले पनि न्यौपानेलाई मत हाल्ने बताइएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ११ : १० बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का