काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी मनोनयन गरिने छ ।
यस्तै, शुक्रबार नै अपराह्न ४:१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।
उपसभामुख चयनका लागि पुस ७ गते (शनिबार)को प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ ।

उपसभामुखमा सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने तयारी छ । रास्वपाका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख पद आफ्नो पार्टीले पाउने विषयमा सत्ता साझेदार दलहरुबीच सहमति जुटिसकेको बताएका छन् ।
यस्तै, कांग्रेससहितको विपक्षी ‘गठबन्धन’बाट पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरिएको छ ।



















प्रतिक्रिया