२१ असार २०८३, आइतबार | July 5, 2026

उपसभामुखको उमेदवारी दर्ता आज, भोलि निर्वाचन



काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद्‌ भवनको ल्होत्से हलमा उम्मेदवारी मनोनयन गरिने छ ।

यस्तै, शुक्रबार नै अपराह्न ४:१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ ।

उपसभामुख चयनका लागि पुस ७ गते (शनिबार)को प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ ।

उपसभामुखमा सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने तयारी छ । रास्वपाका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख पद आफ्नो पार्टीले पाउने विषयमा सत्ता साझेदार दलहरुबीच सहमति जुटिसकेको बताएका छन् ।

यस्तै, कांग्रेससहितको विपक्षी ‘गठबन्धन’बाट पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : १९ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ