२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

उपसभामुखको उम्मेदवार टुंग्याउन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै



काठमाडौं । सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी उठाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुंगो आज (शुक्रबार) लगाउने भएको छ ।

उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधि सभाको बैठकमा निर्वाचन हुँदैछ । जसअनुसार शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठक बस्ने बताएका छन् । बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले शुक्रबार ९ बजे संसदीय दलको बैठक बस्ने र बैठकले नै उम्मेदवारको टुंगो लगाउने बताएका थिए ।

‘आजसम्म हामीलाई सभामुख महिला हुनुहुन्थ्यो कि पुरुष भन्ने थाहा थिएन । अब हामीलाई पुरुष सभामुख हुनुभयो भन्ने थाहा भयो । अब उपसभामुखका लागि महिला उम्मेदवार नै छान्नुपर्ने हुन्छ । त्यसका लागि भोलि ९ बजे संसदीय दलको बैठक बस्नेछौँ । हाम्रो बैठकले तय गर्छ,’ लामिछानेको भनाइ थियो ।

बैठकमा छलफल नभइकन उपसभामुखको सम्भावित उम्मेदवारबारे भन्न नसकिने लामिछानेको भनाइ छ । ‘छलफल नै नभइ सम्भावनाको कुरा हुने भएन,’ उनले भने ।

सत्ता साझेदार दलहरुबीच राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भइसकेको लामिछानेले बताए ।

सभामुखमा बिहीबार नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् । सभामुखमा पुरुष निर्वाचित भइसकेका कारण संविधानको धारा ९१ को उपधारा (२) अनुसार उपसभामुखमा महिला निर्वाचित गर्नुपर्ने अवस्था छ ।

सो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारको रुपमा हेरिएको छ । मंसिर ४ को निर्वाचनमा उनी काठमाडौं-२ बाट निर्वाचित भएकी थिइन् ।

सोवितासँगै चन्दा कार्की, सुमना श्रेष्ठ र इन्दिरा रानामगर पनि उपसभामुखका लागि आकांक्षी छन् ।

रास्वपाका केही नेताहरुले प्रत्यक्ष निर्वाचित सांसदलाई सभामुखको उम्मेदवार बनाउने सामान्य समझदारी रहेको बताउँदै आएका छन् । जसअनुसार सोविता एक्ली दाबेदार हुन् । प्रत्यक्ष निर्वाचित महिला २ जनामध्ये डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भइसकेकी छन् ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ७ : ३२ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको