३ पुस २०८२, बिहिबार | December 19, 2025

सीसीए कलेजले अन्तरकलेज निबन्ध प्रतियोगिता गर्ने, प्रथम हुनेले पाउनेछन् ३०* हजार नगद



काठमाडौं । काठमाडौंको थापागाउँमा रहेको सर्टिफाइड कलेज अफ अकाउण्टेन्सी (सीसीए)ले अन्तर कलेज निबन्ध प्रतियोगिता गर्ने भएको छ ।

प्लस टु लेभल स्तरीय प्रतियोगितामा काठमाडौं उपत्यका भित्रका कलेजहरुले सहभागिता जनाउन सक्ने सीसीएका कार्यकारी निर्देशक मनिस शर्माले बताए।

दुई राउण्डमा हुने कम्पिटिसनमा सहभागी विद्यार्थीले पहिलो राउण्डमा कलेजले उपलब्ध गराएको विषयमा बढिमा एक हजार शब्दको निबन्ध लेखेर कलेजलाई मेल गर्नुपर्नेछ ।

प्राप्त निबन्धहरुमध्ये उत्कृष्ट निबन्ध लेख्ने १० विद्यार्थीलाई निर्णयक मण्डलले दोस्रो राउण्ड अर्थात फाईनल राउण्डमा छनौट गर्नेछन् । दोस्रो राउण्डमा छनौट भएका १० जनाले पुनः सातसय भन्दा कम शब्दको निबन्ध लेख्नुपर्नेछ । यो राउण्डमा राम्रो निबन्ध लेख्ने उत्कष्ट एकजनालाई बिजेता घोषणा गरिने शर्माले बताए ।

प्रतियोगिताको बिजेताले ३० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने फष्ट रनर्सअपले १५ हजार र सेकेण्ड रनर्सअपले १० हजार प्राप्त गर्नेछन् । यससँगै प्रतियोगितामा विद्यार्थीहरुले प्लस टु पछि एसीसीए पढ्न चाहेमा २५ हजार छुट पनि प्राप्त गर्न सक्ने सीसीएका एकेडेमिक डाइरेक्टर दिवस शिलवालले जानकारी दिए ।

प्रतियोगितामा सहभागी विद्यार्थीले माघ ६ गतेसम्ममा आफ्नो नाम दर्ता गराईसक्नुपर्नेछ । कम्पिटिसनमा एउटा कलेजबाट बढिमा २ जनाले सहभागिता जनाउन सक्नेछन् ।

* हेडलाइनमा ३० हजार हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाएका छौं

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  २ : ३३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको