१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

एनभिए पुरुष तथा महिला च्याम्पियनसिपमा भाग लिने एभरेष्टका भलिबल खेलाडीलाई बिदाई



बुटवल । छैटौ राष्ट्रिय एनभिए कप पुरुष तथा महिला च्याम्पियनसिप भलिबल २०७८ मा भाग लिने एभरेष्ट भलिबल क्लबका प्रशिक्षक तथा खेलाडीहरलाई शुक्रबार एक कार्यक्रमका बिच एभरेष्ट बोर्डिङ स्कुलका सहप्राचार्य भिमसेन गौतम, सहप्राचार्य उमेश रेग्मीले प्रशिक्षक तथा खेलाडीहरुलाई बिदाई गरेका छन ।

असोज १० गतेबाट १६ गतेसम्म हुने प्रतियोगितामा उपत्यका बाहिरबाट लुम्बिनी प्रदेशको एभरेष्ट महिला तर्फ एकमात्र टिम हो ।

कार्यक्रममा सहप्राचार्य भिमसेन गौतमले भलिबल खेलमा युवा खेलाडी उत्पादनमा एभरेष्ट अग्रस्थानमा रहेको दाबी गरे । विद्यालयमा आवासीयसहितको सुविधामा विभिन्न क्षेत्रका उमेर समुहका खेलाडीहरु उत्पादनमा जोड दिदै आएको उनले बताए ।

प्रतियोगितामा सहभागिता गर्न करीब २ लाख ५० हजार रुपैया खर्च अनुमान गरिएको प्रशिक्षक अर्जुन घिमिरेले बताए । टिममा युवा र अनुभवी खेलाडीहरु भएकाले सफलता मिल्नेमा आशाबादी रहेको उनले बताए ।

यो प्रतियोगितामा भाग लिनु सुनौलो अवसरका रुपमा रहेको भन्दै राम्रो नतिजा ल्याउन सके डिभिजनमा पर्ने अवसर पनि हुने उनले बताए । प्रतियोगितामा महिलातर्फ नेपाल आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड, ढोरपाटन स्पोर्ट्स क्लबर एपिएफ र बुटवलको एभरेष्ट भलिबल क्लब गरि ६ टिमले भाग लिदै छन । एभरेष्ट क्लबका खेलाडीहरुलाई एभरेष्ट बोर्डिङ स्कुलले आवासिय सेवासहित प्रशिक्षण दिदै आएको छ ।

एभरेष्ट टिममा कप्तान तथा मिडल ब्लकर पवित्रा श्रीपाली, सपना डागी, शान्ता सुनार, ओपन स्पाइकर आरती सुवेदी, निशा चौधरी, आरती चौधरी, अलराउण्डर भावना डागी, सोफिया सुनार, सेटर जसना महतो, सरस्वती कट्टेल, लिबेरो यमकली कवर मगर रहेका छन । प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाख सहित कप, मेडल, प्रमाणपत्र, दोस्रो २ लाख, तेस्रोले १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि विद्यागत सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र अन्य उत्कृष्ट विद्याका खेलाडीहरुलाई दरले पुरस्कृत गरिने छ । यसअघिको संस्करणमा एभरेष्टको महिला टिम उत्कृष्ट ५ मा रहेको थियो । क्लबका पुर्व खेलाडी पुनम चन्दले खेलाडीहरुलाई जर्सि सौजन्य गरेका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : १५ बजे

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर

वर्षायाममा किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौँ । यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना