७ बैशाख २०८३, सोमबार | April 20, 2026

एभरेष्टमा वित्तीय साक्षरता कार्यक्रम



बुटवल । बुटवल-८ सुख्खानगरमा अवस्थित एभरेष्ट इ.बो. स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा वित्तशास्त्र विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी ‘वित्तीय साक्षरता कार्यक्रम’ गरिएको हो ।

विद्यालयका उप प्राचार्य उमेश रेग्मीको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य र सह प्राचार्य भीमसेन गौतमको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षकमा कुमारी बैंक सुनवलका शाखा प्रबन्धक विनोदचन्द्र खनालले बैंक तथा वित्तीय कारोवार, अभिलेखिकरण, विलभौचर, विलविजक लगायत बैंकिङ प्रणालीका विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

छात्रछात्रामा बित्तसम्बन्धी विविध जानकारी गराउँदै वित्तीय साक्षरता अभिवृद्वि गराउने उद्देश्य राखिएको उक्त कार्यक्रमको सहजीकरण बित्तशास्त्र शिक्षक निशानबाबु कार्कीले गरेका थिए । त्यसैगरी कक्षा ११ को कम्प्युटर विषयमा अध्ययनरत छात्रछात्रालाई लक्षित गरी कम्प्युटरसम्बधी समूह प्रस्तुतीकरण कार्यक्रम पनि गरिएको छ । कक्षा ११ मा अध्ययनरत कम्प्युटर विषयका छात्रछात्रालाई विभिन्न समूहमा वर्गीकरण गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक समूहका छात्रछात्राले अलग अलग विषयमा प्रस्तुतीकरण गरेको विद्यालयका कम्प्युटर विषय शिक्षक राजीव बेल्वासेले जानकारी दिए ।

यसैबीच कक्षा १२ को होटल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई होटल ब्यवस्थापन सम्बधी भैरहवामा अवस्थित सिद्धार्थ भिलासा होटलको अवलोकन भ्रमण गराइएको छ । होटलसम्बधी विविध जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम शिक्षकद्वय सरोज राना र प्रारम्भ न्यौपानेको नेतृत्वमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : ०३ बजे

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन

काठमाडौं-ढाका नियमित उडान गर्ने तयारी

काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बङ्गलादेशको

नेपाल-यूएई टी-२० सिरिज आजदेखि, ऐरीको कप्तानीमा पहिलो खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दुई खेलको