२३ श्रावण २०८३, शनिबार | August 8, 2026

समाज रुपान्तरणमा निखारिएर आएकी इन्दिरालाई उपसभामुख बनाउँ : सोविता गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले उपसभामुखमा दुई सीमान्त समुदायका महिला प्रतिस्पर्धामा रहनु सुखद पक्ष भएको बताएकी छिन् ।

प्रतिनिधिसभा बैठकमा उपसभामुखमा इन्दिरा राना मगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद गौतमले यस्तो बताएकी हुन् । गौतमले लोकतन्त्र भनेको शासन पद्धति मात्र नभएको जिकिर गर्दै सीमान्त समुदायका महिला प्रतिस्पर्धामा आउनु नै लोकतन्त्रको सुन्दर र सुखद पक्ष भएको बताइन ।

समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्र लोकतन्त्रको अब्बल परीक्षा सम्भव हुने उनको जिकिर थियो ।

गौतमले मगर उपसभामुखमा निर्वाचित हुँदा उक्त पदको गरिमा बढ्ने दाबी गरिन । उनले समाज रूपान्तरणमा निखारिएर राजनीतिमा आएकाकी मगरलाई उपसभामुखमा निर्वाचित गर्न सबै सदनलाई आग्रह समेत गरिन् ।

उपसभामुख पदमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी मगर र विपक्षी गठबन्धनबाट कांग्रेस सांसद मुक्ताकुमारी यादव प्रतिस्पर्धामा रहेका छन् ।

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ०२ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै