१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

पर्वहरुले सामाजिक सद्भावना बढाउँदै आएका छन् : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरुले नेपाली समाजमा सामाजिक सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन ।

उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

सभापति देउवाले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो मुलुकमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिको आआफ्ना विशिष्ट संस्कति र परम्परा रहेको उल्लेख गरेका छन ।

सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको बताउँदै उनले यी पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएका छन ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ०२ बजे

साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठ्माडौं । वैदेशिक रोजगारीका लागी साउदी अरेबिया पुगेका युवा अलपत्र

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितका बिचको आज वार्ता

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समुहका

प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार

लुम्बिनीमा आजदेखी राष्ट्रिय मिडिया सम्मेलन

बुटवल । नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय

मन्त्रालय टुंग्याउन सत्ता गठबन्धनको बैठक ८ बजे बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बिहान ८ बजे बस्दैछ