२४ मंसिर २०८२, बुधबार | December 10, 2025

एभरेष्ट भलिबल कपको उपाधि कुवरवर्ती र एभरेष्टलाई



आठौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट भलिबल कपमा छात्र कुवरवर्ती र छात्रा एभरेष्टलाई उपाध

बुटवल । बुटवलमा सम्पन्न आठौ जिल्लास्तरीय अन्तर माबि एभरेष्ट भलिबल कप छात्र(छात्रा भलिबल प्रतियोगिता २०७९ को उपाधि छात्रतर्फ कुवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले उपाधी चुमेका छन ।

एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा आईतबार भएको छात्र फाईनल खेलमा कुवरवर्तीले मणिमुकुन्द माविलाई ३–१ को सेट तथा छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उपविजेता छात्रतर्फ मणिमुकुन्द मावि र छात्रातर्फ कुवरवर्ती नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन । प्रतियोगितामा छात्रतर्फ कुवरवर्तीका सुर्य बिक र छात्रातर्फ एभरेष्ट कि शान्ता सुनार उत्कृष्ट खेलाडी घोषित हुदै पुरस्कृत भए ।

स्कुलको भलिबल कोर्टमा भएको छात्र फाईनल खेलको पहिलो सेट कुवरवर्तीले २५-१९ अंकले जित्दै अग्रता लियो । दोस्रो सेट मणिमुकुन्दले २५-१९ अंकले जित निकाल्दै खेल बराबरीमा ल्यायो । तेस्रो सेट र चौथो सेट भने कुवरवर्तीले २५-२३, २५-२२ अंकले जित्दै उपाधि चुम्न सफल भयो ।

यसैगरि छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । फाईनलमा खेलमा एभरेष्टले कुवरवर्तीलाई २५-१६, २५-११, २५-१२ को अंकले खेल जितेको हो । प्रतियोगितामा छात्रतर्फ सेन्ट जोसेफ बोर्डिङ स्कुल तथा छात्रातर्फ न्यु होराईजन तेस्रो हुदै नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कालिका मानव ज्ञान माबि ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका मानवज्ञान कलेजका प्राध्यापक घनश्याम पाठक, विद्यालय ब्यवस्थापन समितिका सदस्य भिम बहादुर श्रेष्ठ, प्रधानाध्यापक कृष्ण न्याौपाने, सहप्रधानाध्यापक भिमसेन गौतमले विजयी टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : १५ बजे

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न