१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रूपन्देहीको शान्ति सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन मुख्यमन्त्री गिरी र सुरक्षा अधिकारीहरु बिच छलफल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले रूपन्देहीका सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन । सुरक्षा अधिकारीहरुसग छलफल गर्दै मुख्यमन्त्री गिरीले शान्ति सुरक्षा व्यवस्था र सेवा प्रवाहलाई प्रभावकारी एवम् सहज बनाउन निर्देशन दिए ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, रुपन्देही प्रहरी प्रमुख (एसपी) रवीन्द्र रेग्मी, सशस्त्रका प्रहरीका प्रमुख गगन श्रेष्ठ र अनुसन्धान कार्यालयका प्रमुख सँग मुख्यमन्त्री गिरीले छलफल गरेका थिए ।

मुख्यमन्त्री गिरीले बजारमा अराजकता हुन नदिन, उपभोक्ता हीतमा केन्द्रित रहन, सामाजिक सद्भाव कायम राख्न, गौरवका आयोजनाका काममा सुरक्षा प्रबन्ध मिलाउन, जनतामा शान्ति सुरक्षाको प्रत्याभूति हुनेगरी काम गर्न निर्देशन दिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा रहेका सरकारी भवनको व्यवस्थापन र स्थानान्तरणका लागि मुख्यमन्त्रीबाट निर्देशनात्मक आदेशको आग्रह गरे ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ७ : ४७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग