५ माघ २०८२, सोमबार | January 19, 2026

काभ्रेको चौँरीदेउरालीमा बाइस फिट अग्लो बुद्ध मूर्ति स्थापना


९ माघ २०७९, सोमबार  

156
Shares

काभ्रेपलाञ्चोक । काभ्रेको चौँरीदेउराली गाउँपालिका-६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९ औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।

मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा रु ७० लाखमा निर्माण गरिएको हो ।

ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त मूर्तिको सांसद गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरेका छन । उनले रमणीय स्थल आरुबोटमा शान्तिका अग्रदूत बुद्धको मूर्ति स्थापनाले थप पर्यटकीय आकर्षण बढ्ने विश्वास व्यक्त गरे ।

मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गरेका हुन । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो । समाजका अध्यक्ष राजकुमार मोक्तानले सरकारबाट रु ५० लाख र जनश्रमदान तथा दाताबाट रु २० लाख सहयोगबाट मूर्ति निर्माण गरिएको बताए ।

कार्यक्रममा पूर्वसांसद नविना लामा, एमालेका जिल्ला सचिव राजन भुर्तेल, स्थानीय समाजसेवी सन्तविर लामा, नारायण गौतमलगायतले धार्मिक पर्यटकीय दृष्टिले थप गन्तव्य बनाइएकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा लामागुरु दोर्जेले बौद्ध धर्मसम्बन्धी विशेष प्रवचन दिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ४२ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच