४ भदौ २०८३, बिहिबार | August 20, 2026

पूर्वप्रधानमन्त्री ओलीबाट गायिका पूर्णिमा लामा सम्मानित



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्न सम्मान सम्मानित भएकी हुन् ।

गत शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ विशेष समाहरोहमा पूर्वप्रधानमन्त्री ओलीबाट गायिका लामालाई एपिक संगीत रत्न सम्मानपत्र प्रदान गरेर सम्मानित गरिएको हो । उनलाई एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नयरपालिका वडा नं ४ को सहकार्यमा आयोजन गरिएको उक्त चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ समारोहमा सयौँ गीतमा स्वर भरेकी गायिका लामासहित विभिन्न कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

एपिक संगीत रत्न सम्मानबबाट सम्मानित गायिका लामाले ‘मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई, आगो, तिमीलाई जती माया’लगायत दर्जनौँ लोकप्रिय गीतहरु नेपाली गीतसंगीत क्षेत्रमा योगदान दिएकी छन् ।

पछिल्लो समय व्यस्त रहेकी उनी देश विदेशमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुनलाई भ्याइनभ्याइ छ । उनी हङकङ, कोरिया, दुबई, मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएकी छन् ।

उनले पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड (२०७३ सर्वोत्कृष्ठ नवगायिका), पहिलो नेपाल म्युजिक अवार्ड (२०७५ सर्वोत्कृष्ठ नवगायिका), ११ औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत), नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत) लगायत दर्जनौँ अवार्डहरु हात पारिसकेकी छन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ११ : ०९ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक