४ चैत्र २०८२, बुधबार | March 18, 2026

अक्सफोर्डमा दुई दिवसिय पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम



बुटवल । बुटवल सुख्खानगरका रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार र बुधवार दुई दिवसिय पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम गरेको छ ।

पुर्वप्राथमिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई शैक्षिक उत्कृष्टताको पुरस्कार वितरण तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको हो ।

अक्सफोर्ड माविले मंगलबार पुर्वप्राथमिकदेखि कक्षा तीन सम्मका विद्यार्थीको शैक्षिक पुरस्कार वितरण तथा प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम कक्षा तीन सम्मका विद्यार्थीहरुले विभिन्न साँस्कृति प्रस्तुतीहरु देखिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा महाशाखा प्रमुख खनालले रुपन्देहीको शैक्षिक विकासमा अक्सफोर्डले पुराएको योगदान अतुलनीय रहेको भन्दै थप शैक्षिक प्रगतिको कामना गर्नुभयो । उहाँले अक्सफोर्ड विद्यालयले विद्यार्थीहरुलाई प्रयोगगात्मक शिक्षामा जोड दिँदै आएको भन्दै अब विद्यार्थीहरुलाई नैतिक शिक्षा पनि जरुरी रहेको बताए । उनले निजी क्षेत्रमा अक्सफोर्ड अगाडिनै रहेको उल्लेख गर्दै अव संस्थागत विद्यालयहरुले प्रयोगात्मक शिक्षालाई पनि सँगसँगै लैजानुपर्ने सुझाव दिए । उनले त्यसका लागि सरकार र संस्थागन विद्यालयबीचको एकता र सहकार्य आवश्यक रहेको धारणा राखे ।

विद्यालयका सहप्राचार्य चिरन्जीवि सापकोटा र शिक्षक अस्मिता थापाको संयुक्त संचालन तथा मोहन खनाल क्षेत्रीको स्वागतमा भएको कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली लगायतले शैक्षिक गुणस्तरवृद्धिमा अक्सफोर्डले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रमको विद्यालयका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले संस्कारसहितको शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले विद्यार्थीहरुको संख्या बढाउने प्रतिस्पर्धा आफूहरुले कहिल्यै नगरेको भन्दै आफ्नो प्रतिस्पर्धा शैक्षिकको गुणात्मक विकासका लागि भइरहेको सुनाए । उनले शिक्षकको मेहनत, अभिभावकको विश्वास र साथका कारण अक्सफोर्ड माध्यमिक विद्यालयले इन्टरनेशनल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको उल्लेख गर्दै नैतिक र प्रयोगात्मक शिक्षा प्रदानका लागि वर्षेनी शिक्षकहरुलाई विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको बताए ।

कार्यक्रममा शैक्षिक सत्र २०७८ मा उत्कृष्टता हासिल गरेका प्रि-नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरुले विभिन्न जातजाती, धर्म, संस्कृतिसंग जोडिएर कला तथा नृत्य प्रस्तुत गरेका थिए । दुई दिवसिय बाषिकोत्सव कार्यक्रम अन्तरगत
बुधबार कक्षा चारदेखि १० सम्मका विद्यार्थीहरुका शैक्षिक पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : ५३ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको